विप्लव नेकपाका जिल्ला सेक्रेटरी सत्तारुढ नेकपामा प्रवेश



ईलाम : नेत्रविक्रम चन्द (विप्लव) नेकपाका जिल्ला सेक्रेटरी दिपेन राई सत्ताधारी नेकपामा प्रवेश गरेका छन् । हाल इलामस्थित कारागारमा राखिएका राई जेलबाटै सत्ताधारी नेकपामा प्रवेश गरेका हुन् ।

जेल सजाय भोग्ने वा अदालतले फैसला गरेको महंगो रकम धरौटी राखेर तारेखमा निस्कने भन्ने दोधारमा रहेका उनले एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लव नेकपा परित्याग गरी सत्ताधारी नेकपामा प्रवेश गरेका हुन् ।

गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेपछि उनलाई इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत इलामले गरेको फैसला अनुसार उनलाई रु. एक लाख ५५ हजार धरौटी माग गरिएको छ ।

कारागारमा रहेका राईले यी दुवै तनाव भोग्नभन्दा सत्ताधारी नेकपा प्रवेशको बाटो समाएका छन् । उनले जारी गरेको विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमतिसमेत राखेका छन् । विज्ञप्तिमा विप्लव नेकपाको साधारण सदस्यसमेत नरहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्