लोप भए माटोका गाग्री


जाजरकोट : चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे।

अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री हराएका हुन्। परिवारका साथै घरमा पाहुना आउँदा वा बटुवाले पानी माग्दा माटाको गाग्रीमा राखिएको चिसो पानी दिने चलन थियो।

उक्त गाग्रीको चिसो पानी पिउने सन्तुष्ट हुने गरेको भेरी नगरपालिका– ३ का भीमबहादुर खत्रीले बताए। पाहुनाको पहिलो राजाइ नै यस्तै गाग्रीको पानी हुने गरेकाले यसलाई महत्व दिने गरेको उनको भनाइ छ।

हिजोआज जिल्ला सदरमुकाम मात्र होइन, गाउँगाउँमा समेत त्यस्ता गाग्रीका पानी भेटिदैँन। बढ्दो शहरीकरण, देखासिकी र विद्युतीय सामग्रीको प्रयोगले परम्परागतरुपमा स्थापित प्रयोग हुँदै आएका यस्ता सामग्री लोप भएका हुन्।

कसैको मृत्युका बेला माटोको गाग्रीमा रहेको पानी दिने चलनसमेत हराएको शिवालय–९ का धर्मबहादुर बुढाले बताए। उनले भने, “चर्को घाममा यात्रा गर्दा थाकेको शरीरलाई शीतल बनाउन यसरी चिसो पारिएको पानी पिउन दिइन्थ्यो तर अहिले त्यस्तो पाइँदैन ।”

कलधारा र मूलको पानी घरको भुइँतलाको कोठामा चिसो बालुवामा माटाका गाग्री राख्दा पानी चिसो हुने र त्यसबाट स्वाद तथा सन्तुष्टिसमेत हुने स्थानीयवासी बताउँछन् ।

आधुनिकतासँगै सिलाभरका भाँडा सस्तो दरमै बजारमा खरीद गर्न पाइने भएपछि माटोको गाग्रीको प्रयोगमा कमी आएको हो । कलकल बग्ने खोलाको पानी जस्तै चिसो अनि मीठो स्वाद भएको पानी पाउन अब अग्ला लेकतिर लाग्नुपर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका– ५ का जनकबहादुर शाहीको भनाइ थियो।

खोला, नदी, मूल प्रशस्तै भएको जिल्लामा पनि खानेपानीको गतिलो योजना नभएका कारण पानीको हाहाकार हुनाका साथै बोतलको पानी किनेर पिउनुपर्ने अवस्था अहिले सिर्जना भइसकेको छ।

जिल्लाको सबै ठाउँमा अहिले प्लाष्टिकका भाँडा प्रशस्त पाइने, माटाको पानीका भाँडा लिन टाढा जानुपर्ने र यस्ता भाँडा बनाउने कुमाले समुदायले हिजोआज आफ्नो पेशा नै परिवर्तन गर्न थालकाले पनि यस्तो अवस्था आएकोे चौरजहारी नगरपालिकाका गोपाल रेग्मीले बताए।

बिक्री नै हुन छाडेकाले माटाका सामग्री निर्माण गर्नै छाडिएको चौरजहारीका कुमाले मानबहादुरको भनाइ थियो । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पूर्वी रुकुममा पहिलो पटक कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।घोराहीस्थित राप्ती स्वास्थ्य

काठमाडौं : वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको

काठमाडौं– सांसद रेणुका गुरुङले महारानी एलिजावेदलाई ग्रेटर नेपाल फर्काउनको लागि सरकारले निवेदन लेख्नु पर्ने बतएकी

पोखरा : बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको