विश्वविद्यालयले दियो महिला र पुरुष विद्यार्थीलाई छुट्टाछुट्टै बस्न आदेश



एजेन्सी  : पाकिस्तानको एक विश्वविद्यालयले कक्षाकोठामा महिला र पुरुष विद्यार्थीहरूलाई सँगै बस्न र ग्रूप बनाउन निषेध गरेको छ । 

जियो न्युजमा आएको खबरअनुसार, बहरिया विश्वविद्यालयका रजिस्ट्रारले जारी गरेको सूचनामा विश्वविद्यालयका महिला र पुरुष विद्यार्थीहरूका लागि फरक फरक व्यवस्था गर्न र उनीहरूलाई एकसाथ शैक्षिक कार्यसमूह नबनाउन निर्देशन दिइएको छ । 

यस्तो अनौठो सूचनामा विश्वविद्यालय प्रशासनलाई एक भवनबाट अर्को भवन पनि कमै जान भन्नका लागि निर्देशन दिइएको छ । विश्वविद्यालयले कक्षाहरूको बीचमा विद्यार्थीहरूलाई दिइने विश्राम पनि बन्द गर्ने निर्णय लिएको छ ।

प्रतिक्रिया दिनुहोस्