जानकी मन्दिरको सूचीकरणका लागि सीमाङ्कनको थालनी



जनकपुरधाम : विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी गरिने भएको छ ।

पुरातत्व विभागद्वारा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । सोअन्तर्गत विभागको पहलमा गङ्गासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधारमानी सीमाङ्कन गरिने जनाइएको छ ।

सीमाङ्कन गर्दा सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकारवालासँग छलफल गरी सीमाङ्कनको प्रक्रिया अगाडि बढाइने योजना छ । सीमाङ्कनको प्रक्रिया पूरा भएपछि सीमाङ्कन भइसकेको क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणा गरी सूचीकृत हुने अन्य मापदण्डको कार्यलाई गति प्रदान गरिने छ ।

युनेस्कोद्वारा सन् २००८ मा जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राखिए पनि स्थानीयस्तरमा सूचीकृतका मापदण्डप्रति अग्रसरताको अभावले गति लिननसकेको बताइएको छ । प्रदेश नं–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रक्रिया र पहलमा सरकार क्रियाशील रहने बताए।

भुलवस् जानकी मन्दिरको परिसर केही पूर्वाधार निर्माणको कार्यको थालनी गरिएको बताउँदै मन्त्रालयले विश्वसम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा बाधा पु¥याउने कुनै पनि कार्य नगर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरे ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता झाले जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउने सन्दर्भमा मापदण्ड पूरा गराउन उपमहानगरपालिका तयार रहेको बताए।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा स्थानीय सरकारले कानूनी आधारको आवश्यक प्रक्रिया पूरा गराउन पहल गर्नु जरूरी रहेको बताए। – रासस

प्रतिक्रिया दिनुहोस्