जनकपुर खुल्ला दिशामुक्त घोषणा



जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । जनकपुरमा हिजो सोमवार एक कार्यक्रमको आयोजना गरि जनकपुरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
जनकपुरस्थित जिल्ला समन्वय समितिको कार्यालय प्रांगणमा आयोजित घोषणा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतको उपस्थिति थियो ।
उक्त कार्याक्रममा केही प्रदेश सांसद र जनकपुरका भद्रभलादमीहरुको पनि उपस्थिति थियो ।
सबैले जनकपुरलाई स्वच्छ र सुन्दर बनाउन आआफ्नो क्षेत्रबाट योगदान गर्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्