घाँटी रेटी हत्या गरेको अवस्थामा युवकको शव फेला



वीरगन्ज : पर्साको विन्दवासनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ६ प्रसौनीभाट्टा स्थित बाटोमा अन्दाजी २८ वर्षका युवकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

प्रसौनीभाट्टाको धुताहा पुल र हासवा गाउँ बिचमा रहेको नहर छेउमा बिहान ६ बजे युवकको हत्या गरिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शव हेर्दा राती नै हत्या गरिएको हुन सक्ने पर्साका प्रहरी नायब उपरिक्षक गोत्तम थापाले बताए। युवकको पहिचान भने अहिलेसम्म हुन सकेको छैन । शवलाई नारायणी अस्पतालमा पोष्टमार्टमको लागि ल्याई थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी नायब उपरिक्षक थापाले बताए।

प्रतिक्रिया दिनुहोस्