डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो


चितवन : जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार दैनिक सङ्क्रमित सङ्ख्या बढ्दै गएको छ । सरकारी र निजी अस्पतालहरु ज्वरोका बिरामीले भरिएका छन् । डेङ्गुको सङ्क्रमण बढेसँगै जनचेतनाका कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको उनले जनाकारी दिए।

स्वास्थ्यसचिव डा पुष्पा चौधरी सोमबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर मातहतका निकायमा आवश्यक निर्देशन दिएको तिवारीले जानकारी दिए। तिवारीका अनुसार सचिव चौधरीले सबै निकायको संयुक्त प्रयास बिना रोग निधान नहुने भएकाले समन्वय गरी काम गर्न उनले निर्देशन दिए।

लार्भा खोज र नष्ट गर अभियान नै उपयुक्त विकल्प भएकाले सोहीअनुसार अघि बढ्न सचिव चौधरीले सबैसँग आग्रह गरे। डेङ्गुका बिरामी थपिँदै जाँदा परीक्षण गर्न कीट अभाव हुने गरेको छ ।

जसका लागि सहयोग पु¥याउन उद्योग वाणिज्य सङ्घ चितवनले आज भरतपुर अस्पताललाई ५०० वटा कीट उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा सङ्घका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त प्रमुख डा प्रकाश खतिवडालाई कीट हस्तान्तरण गरे।

यसअघि भरतपुर महानगरपालिकाले एक हजार वटा र रोटरी क्लबको अगुवाइमा ५०० वटा कीट अस्पताललाई उपलब्ध गराइएको थियो । भरतपुर अस्पतालमा दैनिक ४०० भन्दा बढी ज्वरोका बिरामी आउने गर्दछन् ।

यसमध्ये १५० हाराहारीको डेङ्गु परीक्षण गरिने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा निशुल्क रुपमा डेङगु परीक्षण हुन्छ भने निजीमा महङ्गो शुल्क तिर्नुपर्ने हुन्छ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेबाट पठन शुरु गर्न संघ,

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५७ जिल्लामा

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८१ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : योगेन्द्र सिलवाल झापाको एम्बुलेन्स चालक हुन् । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबैलाई आफ्ना नाम थर परिवर्तन गर्न

जनकपुरधाम– प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटमा

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ सय ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको टोली ६ जनाको ज्यान जानेगरी रुकुम पश्चिमको सोतीमा भएको

बझाङ : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिका २ वर्षीय बालिकाको मृत्यु भएको

पोखरा : गण्डकी प्रदेशमा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका स्याङ्जा

काठमाडौं– सांसद सूर्य प्रसाद पाठकले सदनमा मृत्यु दण्डको माग उठाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही,