आतंकवादलाई अलग राखेर सार्कको जीवन खोज्न सकिन्न : एस शंकर



काठमाडौं : भारतीय विदेशमन्त्री एस् जयशंकरले आतंकवादलाई अलग राखेर सार्कको जीवन खोज्न नसकिने बताएका छन् । कुनै पनि देशको नाम नलिएर पाकिस्तानतिर संकेत गर्दै जयशंकरले यस्तो अभिव्यक्ति दिएका हुन् ।
दक्षिण एशियामा केही वर्षअघिसम्म दक्षिण एशियाली देशहरुलाई विकास, सहयोग, प्रविधि आदानप्रदान, सहकार्य र आपसी हितका कुराहरुलाई सामूहिकतामा सम्बोधन र नेतृत्व गर्दै आएको सार्क हाल निस्क्रिय अवस्थामा रहेको छ । पछिल्ला दिनहरुमा भारत–पाकिस्तान बीचमा चलेको शीतयुद्धका कारण सार्कले जीवन पाउन सकेको छैन ।

भारतले पाकिस्तानमाथि सिमापार आतंकवादको आरोप लगाउँदै आएको छ । दिल्लीले पाकिस्तान राजकीय रुपमै भारतविरोधी गतिविधिमा संलग्न रहेको र आतंकवादी समूह र संस्थाहरुलाई पुट दिएको दाबा गर्दैगर्दा इस्लामावादले भने यी कुराहरु ठाडै अस्वीकार गर्दै आएको छ । पाकिस्तानस्थित कतिपय स्लामिक धार्मिक संगठनहरुमाथि दिल्लीले आतंकवादी रहेको आरोप लगाएपछि दिल्ली–इस्ललामावाद तनाव चुलिंदै गएको छ ।

यस्तो अवस्थामा सार्कको पुनर्जीवन संभव छ वा छैन भन्ने कुरा सार्कको सबैभन्दा ठूलो देश भारतको चाहनामा निर्भर रहन्छ । सार्कको सट्टा भारतको नेतृत्व र अगुवाइमा हाल बिम्स्टेक अगाडि सारिएकाले पनि सार्कको पुनर्जीवनमाथि प्रश्न उठ्ने गरेको छ । बिम्स्टेकमा पाकिस्तान बाहेकका अन्य सार्क देशहरु सदस्यका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्