वर्षाका कारण घर भत्कियो



काठमाडौं : पूर्वी नेपालमा अविरल वर्षाका कारण विभिन्न जिल्लाहरु प्रभावित भएका छन् । ग्रामीण भेगमा यातयात र आवतजावतमा समस्या हुनुका साथै पहिरोले पनि समस्या उत्पन्न गरेको छ ।

बर्षाका कारण कच्ची सडक हिलाम्यै हुँदा यातयात सञ्चालनमा निरन्तर समस्या भैरहेको छ । वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ । भारी वर्षाका कारण स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर भत्किँदा मानवीय क्षति नभए पनि एउटा बोका माटोढुंगाले च्यापिएर मरेको प्रहरीले बताएको छ । अन्य जिल्लाहरुबाट क्षतिको थप विवरण आउन भने बाँकी छ ।
घटनाको जानकारी हुनासाथ गए राती नै प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्