बाजुरामा प्रतिमहिना दुई करोडको मदिरा बिक्रि



काठमाडौं : पछिल्लो तथ्यांक अनुसार बाजुरामा दुई करोड बराबरको मदिरा बिक्रिवितरण गरिएको छ । गरीबीको हिसाबले निकै पछाडि परेको बाजुरामा मदिरा बिक्रिको यो तथ्यांकले सबैलाई छक्क पारेको छ ।

वर्षेनी खाद्यान्न अभाव खेपिरहने यो जिल्लामा हरेक महिना दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

स्थानीय सरकार निर्माण भएपछि मदिराको नियमित अनुगमन र नियमन गर्ने परिपाटीको थालनी गर्दा यो तथ्यांक देखा परेको उद्योग वाणिज्य संघले जनाएको छ । संघका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार यो तथ्यांक व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट प्राप्त भएको हो । यो बाहेक विनालेखाजोखा गाउँघरमा गरिने मदिरा उत्पादन तथा बिक्रि वितरणको हिसाब नै रहेको छैन ।

हाल मदिरा पसलको कारोवारका लागि जिल्लाभरि ८४१ पसलले मात्र प्यान नम्बर लिएको रेकर्ड छ । यी मदिरा पसल नवीकरणबाट असोजसम्ममा एक वर्षका लागि रु. ३५ लाखभन्दा बढी राजश्व सङ्कलन हुने निमित्त कोष तथा लेखा नियन्त्रक धनबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्