जुवातास खेल्दै गरेका १० जना जुवाडे पक्राउ



कास्की : पोखरा महानगरपालिका–२९ भण्डार ढिक गुम्बाको बल बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट नगद ५६ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्