ओलीलाई ट्विटमै मोदीको जबाफ



काठमाडौँ : प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ६९ औ जन्मदिनको शुभकामना तथा बधाई सन्देश दिएपछि मोदीले सामाजिक सन्देश मार्फत धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले मंगलवार परेको मोदीको जन्मदिनमा गुजराती, हिन्दी र अंग्रेजी भाषामा शुभकामना दिएका थिए । शुभकामनाको जवाफ दिँदै मोदीले नेपाली भाषामा धन्यवाद भनेका छन् ।

मोदीले ओलीले दिएको ट्विट शुभकामनाको जबाफमा ट्विट गर्दै भनेका छन् – मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु,यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।

प्रतिक्रिया दिनुहोस्