बल्ल भयो काठमाडौं खुला दिसामुक्त



काठमाडौं : देशको राजधानी सहर रहेको काठमाडौं जिल्लालाई मंगलबार खुला दिसा–पिसाबमुक्त घोषणा गरिएको छ । भन्दा राजधानी सहर रहेको भनिए पनि यसका धेरै विवशता रहेका छन् ।

यसअघि उपत्यकाभित्र रहेको भक्तपुरलाई ०७० साल कात्तिकमा र ललितपुरलाई ०७५ साल जेठमा खुल्ला दिसामुक्त घोषणा गरिसकिएको छ ।

देशका विभिन्न स्थानलाई खुल्ला दिसामुक्त घोषणा गर्ने लहर चलिरहँदा काठमाडौं भने आफ्नै गतिमा हिंडिरहेको थियो । आगामी असोज १३ गते सिंगै देशलाई सरकारले खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरेका कारण त्यसको प्रत्यक्ष दवाबमा काठमाडौं पर्न गएको थियो ।

यस अघि नै खुला दिसामुक्त क्षेत्रका लागि आवशयक मापदण्ड लगभ पूरा गरिसके पनि काठमाडौंलाई औपचारिक रुपमा खुला दिसामुक्त जिल्ला भने घोषणा गरिएको थिएन ।
संघीय संसदमा काठमाडौंका केही जटिलताहरुलाई लिएर बहस र हाँसो पनि चल्ने गरेको बताइएको छ । महानगरपालिकामा हिंडडुल गर्दा सार्वजनिक सौचालयसम्म नपाइँदा किन हतारोमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको होला पनि भनिएको छ ।

महानगरपालिका हुनुको कारणले यहाँ जनसंख्याको आवश्यकता भन्दा बढी चाप रहेको छ । कागजी घोषणामा जे लेखिए वा पढिए पनि सेवासुविधाका हिसाबले निकै असमानत रहेको छ । आर्थिक असमानता, बढ्दो बेरोजगारी र भएका सेवा सुविधाहरु पनि राजधानी सहरमा केन्द्रित गरेका कारण काठमाडौंले खुला दिसामुक्त क्षेत्रको मापदण्ड पूर्ण रुपमा पूरा गर्न मुस्किल परिरहने विश्लेषकहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्