परिवारबाटै मरणासन्न हुने गरी यसरी कुटिन भागरथी



डोटी : डोटीमा एक महिलालाई बारीको मकै खाएको भन्दै मरणासन्न हुने गरी कुटपिट गरिएको छ ।

जोरायल गाउँपालिका– २ निवासी भागरथी ऐरलाई श्रीमान बिरेन्द्र ऐर, ससुरा हुकुम ऐरले कुटपिट गरेका हुन् । बारीको मकै किन खाएको भन्दै उनलाई कुटपिट गरिएको छ । सासु विमला ऐर, जठाजु भीमबहादुर ऐर, भतिजी तारा ऐर र जेठानी नन्दा ऐरले कुटपिट गर्नमा सघाएको आरोप पीडित महिला भागरथीले लगाएकी छन् ।

गत भदौ २६ गते कुटपिट भएपछि उनको उपचार अतरिया स्थित पदमा अस्पतालमा भईरहेको छ । ईलाका प्रहरी कार्यालय बुडरका प्रहरी नायव निरिक्षक कर्ण वहादुर रौलेले पीडितको तर्फबाट हिजो (मंगलबार) ठाडो उजुरी दर्ता गरिएको छ । पीडितका आफन्त जिल्ला प्रहरी कार्यालय डोडीमा पीडकका बिरुद्ध कानूनी कारवाहीको माग गर्दै निबेदन दर्ता गरिएको छ ।

‘घर नजिकै रहेको बारीबाट बच्चालाई मकै खुवाउँनका लागि ल्याउँदा श्रीमानले किन खाएको भन्दै कुट्न सुरु गरे’ पीडित भागरथीले भनिन, ‘पछि ससुरासंगै अन्यले पनि कुटपिट गरे, परिवारका अन्य सदस्य कुटपिटमा सघाएर मलाई यस्तो हालत बनाईदिए ।’

श्रीमानले कुटन थालेपछि पछि ससुराले पनि कुटन थालेको बताउँदै उनले परिवारका अन्य सदस्यले समेत छोडाउँनुको साटो कुटपिटमा सहयोग गरेको आरोप उनले लगाईन् ।

ईलाका प्रहरी बुडरका मंगलवार मात्रै कार्यालयमा पीडितको तर्फबाट ठाडो उजुरी आएको बताए। ‘कुटपिट गरेकै दिन भागरथीका श्रीमानलाई पक्राउ गरेका थियौँ,’ प्रहरी नायव निरिक्षक रौलेले भने, ‘उजुरी नै नपरेपछि दोश्रो दिन नै छोड्न बाध्य भएका थियौँ।’

यस अघि पनि कैलालीमा पनि कुटपिट भएको थियो । धनगढीको बोराडाँडीमा समेत उनको घर छ । बोराडाँडीमा बस्ने क्रममा उनीमाथि कुटपिट भएपछि ओरेक नेपालले उद्धार गरेको थियो । पछि समझदारी भएपछि उनी घर फर्किएकी थिईन् ।

भागरथीका माईती पक्षले श्रीमान अधिकासं समय वुडरमा आमाबुवासंग बस्ने र जोरायल गाउँपालिका –२ स्थीत घरमा गएपछि श्रीमतीमाथि कुटपिट गर्दै आएको आरोप लगाउँछन् ।

प्रतिक्रिया दिनुहोस्