खेलाडीलाई तालीम



काठमाडाैं : न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको क्षमता विकासका लागि दृष्टिविहीन क्रिकेट सङ्घ कञ्चनपुरको आयोजनामा आजदेखि कञ्चनपुरको भीमदत्तनगरमा प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ ।

पाँचदिने तालीमको सुदूरपश्चिम सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले उद्घाटन गर्दै फरक क्षमता भएका खेलाडीलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको बताए ।

“खेलाडीहरुको क्षमता विकास, सम्मान र प्रोत्साहनका लागि प्रदेश सरकार प्रतिबद्ध छ”, उनले भने । प्रदेशसभाका सदस्य लालबहादुर खड्काले फरक क्षमता भएका खेलाडीहरुलाई प्रदेश सरकारले मूलधारमा ल्याई क्षमता विकास गर्ने बताए ।

तालीममा कैलाली र कञ्चनपुरका ३० न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको सहभागिता छ । सङ्घका अध्यक्ष अकबर जोशीले तालीम अवधिमा सहभागीलाई ब्याटिङ, बलिङ र फिल्डिङबारे प्रशिक्षण दिइने बताए । असोज ५ गतेसम्म तालीम सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्