प्रचण्डको दाँतमा यस्तो देखियो समस्या



काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अहिले दाँतमा समस्या आएको छ । निरन्तर दाँत दुःखी रहेपछि हिजो बुधबार अपराह्न मेडसिटी अस्पतालमा परीक्षण गराएका छन् ।

अस्पतालमा परीक्षण गराएपछि चिकित्सकले समस्या भएको एउटा दाँत उखेल्न सुझाव दिएका छन् । तत्कालै प्रचण्डको दाँत उखेल्नुपर्ने प्रस्ताव चिकित्सकहरुले राखेपनि प्रचण्डले केही समयपछि गरौंला भन्दै परीक्षण मात्रै गराएर निस्केको सचिवालयले बताएको छ ।

पछिल्लो पटक पार्टीभित्र क्रियाशिलता बढाएका प्रचण्ड यो बीचमा उपत्यका र उपत्यका बाहिर पार्टी कामको लागि दौडधुपमा थिए । पार्टी कामको सिलशिलामा दौडधुप गरिरहेका प्रचण्डको केही दिन अघिदेखि दाँतको समस्याले सताएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्