मुख्यमन्त्री तोप पड्काउने, मन्त्रीहरु त्यसै पड्किने



तनावमा मुख्यमन्त्री, आक्रोशमा मन्त्रीहरु
काठमाडौं : संविधान दिवस मनाउने विषयलाई लिएर प्रदेश नम्बर २ सरकार विभाजित हुन पुगेको छ । समाजवादी र राजपाको मिलिजुली सरकार रहेको प्रदेश नम्बर २ सरकार संविधान दिवस मनाउने, त्यसको विरोध गर्ने र समर्थन र विरोध दुवै नगर्ने गरी तीन धारमा विभाजित हुन पुगेको छ ।

प्रदेश सरकारका तर्फबाट आज (बिहीबार)देखि तीन दिनसम्म संविधान दिवस कार्यक्रम तय भइसकेको छ । प्रदेश २ सरकारद्वारा गठित संविधान दिवस मूलसमारोह समितिको अध्यक्ष स्वयम मुख्यमन्त्री लालबाबु राउत रहेका छन् । प्रदेश प्रमुख सचिव शंकर सुवेदीका अनुसार भोलि (शुक्रबार) तीन गते साँझ दिपावली गर्ने कार्यक्रम राखिएको छ । आफ्नो पार्टीले न त संविधान दिवसमा सरिक हुने न त कालो दिवसमा सरिक हुने निर्णय गरेपछि मुख्यमन्त्री राउत अन्योलमा परेका छन् ।

यस वर्षपनि गत वर्ष जस्तै मुख्यमन्त्री राउत कुनै पनि सार्वजनिक कार्यक्रममा नजाने सम्भावना बढेर गएको छ । तर, त्यही संविधान अनुसार मुख्यमन्त्री बन्ने र मुल समारोह समितिको अध्यक्ष बस्ने तर कार्यक्रममा सहभागी नहुने भनेर उनीमाथि नौतिक प्रश्न उठ्न थालेको छ ।

‘आफूहरु संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने कार्यक्रममा सहभागी हुने ।’
उनले भनेका छन्–‘हामीले उठाउँदै आएको संविधानमा रहेका कमिकमजोरीहरु हटाउने र सर्वस्वीकार्य संविधान निर्माण गर्ने मागलाई वेवास्ता गरिएकाले’ संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउनु परेको हो ।

प्रदेश सरकारले मुख्यमन्त्रीको नेतृत्वमा दिपावलीसहित संविधान दिवस मनाउने तयारी गरिरहँदा मन्त्रीहरु संविधान दिवस विरुद्धमा आयोजित कार्यक्रमहरुमा सहभागी हुने निर्णय गरिसकेका छन् ।

संविधान दिवसका दिन प्रदेशका मुख्यमन्त्रीले दिपावली गर्ने छन् भने राजपाका तर्फबाट सहभागी प्रदेशका मन्त्रीहरुले संविधान दिवसको विरोध गर्ने छन् । समाजवादीका तर्फबाट सहभागी अन्य प्रदेश मन्त्रीहरु भने संविधानसभाको दिपावलीमा सहभागी पनि हुने छैनन् र विरोध कार्यक्रममा पनि सामेल हुन जाने छैनन् ।

संविधान दिवसको विषयललाई लिएर प्रदेश सरकारमा देखिएको यो विवादलाई साम्य पार्ने उद्देश्यसहित प्रदेश मुख्यमन्त्री राउत भन्छन्–‘वर्तमान संविधानमा भएका कमिकमजोरी तथा त्रुटीहरुलाई हटाएर संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ । संघीय सरकारसँग म आग्रह गर्छु कि संघीय पुनर्संरचना र प्रतिनिधित्वको सवालमा मतभेद र असन्तुष्टि छ, यसको समयमै सम्बोधन हुनुपर्छ ।’

प्रदेशका मुख्यमन्त्री नैतिक तथा संवैधानिक संकटमा छन् । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान मानेर प्रदेश सरकारबाट निर्वाचित भई प्रदेशको कार्यकारी प्रमुख रहेकाले उनले संविधान मान्दैन भन्न मिल्दैन । राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधान उल्लंघन गर्न पनि उनलाई छुट छैन । संविधानतः सिर्जित संवैधानिक पद र जिम्मेवारीमा रहँदासम्म उनी कानुनले बाँधिएका पनि छन् ।

तर राजपाका तर्फबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल भने–‘आफूहरु संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने कार्यक्रममा सहभागी हुने ।’
उनले भनेका छन्–‘हामीले उठाउँदै आएको संविधानमा रहेका कमिकमजोरीहरु हटाउने र सर्वस्वीकार्य संविधान निर्माण गर्ने मागलाई वेवास्ता गरिएकाले’ संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउनु परेको हो ।

प्रतिक्रिया दिनुहोस्