धनगढीको वडा कार्यालयमा आगजनी



धनगढी : धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराती आगजनी भएको छ । आगजनी कसले गर्यो भन्ने कुरा अहिलेसम्म अज्ञात छ ।

रातको करीब १०.० बजेको समय वरिपरि आगजनी भएको र आगजनी पूर्व कार्यालयका झ्यालका शिशा फुटाइएका र पेट्रोल भरिएका मिनरल वाटरका बोतल कोठाभित्र भित्र फ्याकिएका पाइएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

आगलागी भएको खबर थाह पाउने वित्तिकै प्रहरी घटनास्थल पुगी समयमै आगो नियन्त्रणमा लिएको बताइएको छ । समयमा सूचना पाएको र तत्कालै घटनास्थलमा पुगी आगो निभाइएकाले बढी क्षति हुन नपाएको प्रहरीको दाबी छ ।

हालसम्म यो आगजनीका दोषी पत्ता नलागे पनि नेत्रविक्रम चन्दको नेकपाको समूहले यस्तो काम गरेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्