१६ हजारभन्दा बढी पाेर्न साइट बन्द



काठमाडाैं : सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता सइटमाथि बन्देज लगाएको छ ।

 

सूचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्यूनीकरण गर्ने उदेश्यले यस्ता साइट पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो । 

 

मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लार्य टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएके हो । उक्त दफामा यौनजन्य अश्लील सामग्रीको अदानप्रदान प्रकाशन र प्रसारणमा बन्देज लगाइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्