बालबाल बच्यो सिडियोसहितको सुरक्षा टोली



अर्घखाची : विभिन्न कार्यक्रमका लागि यस जिल्ला आएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बिदाइका लागि जिल्लाको सिमाना पथ्थरकोट पुगेर फर्कने क्रममा आएको पहिरोबाट प्रमुख जिल्ला अधिकारी विजय पौडेल, प्रहरी नायव उपरीक्षक (सिडियो) प्रकाश विष्ट र शसस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीसहितको सुरक्षा टोली बालबाल बाचेको छ ।

गाडीहरु अगाडि बढ्दै गर्दा माथिबाट पहिरो झरिरहेको देखेपछि आकास्मिक रुपमा गाडीहरु रोकिएका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सुपा देउरालीबाट सन्धिखर्क आउँदै गर्दा खसेको पहिरोमा दुई मिनेट मात्र अगाडि बढेको भए गाडीहरु पहिरोमा पर्ने थिए ।

उनले भने–‘वर्षाको समय, रातको बेला, पानी परिरहेको अवस्था, पहाडको अप्ठेरो बाटो दुई दुई ठाउमा पहिरो, दुःख लागेतापनी तत्काल आफ्नो ग्रुप र पछाडी गाडीमा रहेका सुरक्षासहित ढिलै भयपनी गन्तब्यमा पुगेका थियौं । पहिरोका कारण रातीको समयमा अलपत्र हुनुपरेन यो नै अर्थ खुसीको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्