चिनियाँ प्रधानमन्त्रीको तीन दिने रुस भ्रमण सम्पन्न


एजेन्सी : चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गर्नुभएको छ । उहाँको तीन दिने रुस भ्रमण बुधबार सम्पन्न भएको हो । त्यस भ्रमणका क्रममा द्विपक्षीय सहयोग र समझ्दारीका विषयहरुलाई थप मजबुत बनाउने विषयमा सहमति भएको थियो ।

सो भेटका क्रममा उनले रुसी प्रधानमन्त्री दिमीत्री मेदभेदेभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसैगरी उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिष्टाचार भेटगरी दुई देशको आपसी हितका विषयमा वार्ता गरेका थिए।

चीन र रुसबीच सत्तरी वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यस यता यी दुई देशबीचको सम्बन्ध सदा सुमधुर रही आएको भन्दै आगामी दिनमा पनि आपसी सहयोग, समन्वय र साझेदारिताका माध्यमबाट अघि बढ्ने सहमति त्यस भ्रमणका अवसरमा भएको जानकारी चिनियाँ प्रधानमन्त्री खछ्याङले जानकारी दिए ।

दुई प्रधानमन्त्रीबीच सेन्ट पिटस्बर्गमा भएको वार्तामा लगानी र व्यापारका माध्यमबाट पनि दुई देश के कसरी अघि बढ्न सक्छन् भन्ने बारेमा छलफल भएको प्रधानमन्त्री खछ्याङ्ले जानकारी दिए ।

गएको करिब नौ वर्षदेखि चीन रुसको एक प्रमुख व्यापारिक साझेदार राष्ट्रका रुपमा रही आएको छ । यस वर्षको सुरुका आठ महिनामा यी दुई देशबीच ७० अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार आदानप्रदान भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी

फाइल फोटो काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गरेकी छिन् । म्यान्मा

काठमाडौ : आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी

फाइल फोटो काठमाडौं : म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी

भक्तपुर : देशैभर आउदो मंसिर १४ गते दो्रोतहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने भएपछि देशैभर

काठमाडौं : पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं : नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी

काठमाडौ : सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ परेका छन् ।

धनुषा : हिजो सोमबार जहाज आउन ढिला भएको भन्दै जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोडमा

काठमाडौं : भारतीय क्रिकेट वोर्डको अध्यक्षमा क्रिकेटका पूर्व कप्तान सौरभ गंगुली नियुक्ति भएकै भोलीपल्ट नेपालका

काठमाडौं : संसद सचिवालयकी कर्मचारी माथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्ण बहादुर

काठमाडौं : विद्यालय जाने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रमणमा गर्ने दोषीहरुलाई जोगाउन चलखेल भइरहेको छ