साइकल दाइजो नल्याउँदा डाडुले डामियो 



भैरहवा : लुम्बिनी सांस्कृतिक नगरपालिका ७ भैसहियाकी २३ वर्षीया अमरावती तेलीलाई दाइजो माइतबाट दाइजो नल्याएको निहुँमा उनका पति र ससुरा मिली तातो डाडुले डामेका छन् । 

भदौ ३० गते भएको उक्त घटनामा परिवारका अन्य सदस्यले कोठामा थुनी यस्तो यातना दिएका र आफूले प्रहरीसमक्ष उजुरी गरेको अमरावतीले बताइन् । घटनाको ६ दिन अर्थात् असोज ७ गते उनले आफ्ना आमाबुवासहित प्रहरीसमक्ष उजरी गरेकी थिइन् ।

 

उजुरीपछि प्रहरीले घटनामा संलग्न पीडितका पति २३ बर्से गोविन्द र ससुरा ६५ बर्से मेघा तेलीलाई पक्राउ गरेको छ । अमरावतीकी सासू भने फरार रहेकी र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । 

पीडित अमरावतीले दाइजोको रुपमा साइकल नल्याएको भन्दै सो यातना दिएका हुन् । 

तर, पीडक उनका पति र ससुराले भने अमरावती सधैं फेसबुकमा व्यस्त भइरहने र अरु केटासँग कुरा गरेको थाहा पाएर आवेश आई सो कृत्य गरेको प्रहरीसमक्ष बयान दिएका छन् । खबर अाजकाे अन्नपूर्ण पाेस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्