दक्षिण अफगानिस्तानमा आक्रमण दशको मृत्यु


एजेन्सी : अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । यस घटनामा परी अन्य ८५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले एएफपी समाचार समितिलाई जानकारी दिएका छन ।

अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकू समूहले गरेको यो पछिल्लो हिंसात्मक घटना हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक अमेरिकी सेनाबाट फिर्ता लिने सम्बन्धमा तालिबानसँगको वार्ता समाप्त गरेपछि हिंसा बढेको पाइएको छ । आज बिहान जाबुलको कलाट शहरमा भएको कारबम राष्ट्रिय सुरक्षा निर्देशालयलाई लक्षित भएको बताइएको छ ।

उक्त हमलामा सोही स्थानमा अवस्थित रहेको जाबुलको क्षेत्रीय अस्पताल नष्ट भएको बताइएको छ । जाबुल प्रान्तका प्रान्तीय परिषदका प्रमुख अता जान हकबायानले भने उक्त घटनामा २० व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएको बताए ।

बम विष्फोटको तालिबान लडाकू समूहका प्रवक्ता, कारी यसुफ अहमदीले दाबी गरेका छन् । उनका अनुसार यस आक्रमण राष्ट्रिय निर्देशनालयबिरुद्ध भएको हो । यसै हप्ताको शुरुमा राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका दुई ओटा विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको यस विस्फोटमा परी मारिने र घाइते हुनेमा महिला तथा बालबालिकासमेत रहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी

फाइल फोटो काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गरेकी छिन् । म्यान्मा

काठमाडौ : आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी

फाइल फोटो काठमाडौं : म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी

भक्तपुर : देशैभर आउदो मंसिर १४ गते दो्रोतहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने भएपछि देशैभर

काठमाडौं : पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं : नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी

काठमाडौ : सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ परेका छन् ।

धनुषा : हिजो सोमबार जहाज आउन ढिला भएको भन्दै जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोडमा

काठमाडौं : भारतीय क्रिकेट वोर्डको अध्यक्षमा क्रिकेटका पूर्व कप्तान सौरभ गंगुली नियुक्ति भएकै भोलीपल्ट नेपालका

काठमाडौं : संसद सचिवालयकी कर्मचारी माथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्ण बहादुर

काठमाडौं : विद्यालय जाने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रमणमा गर्ने दोषीहरुलाई जोगाउन चलखेल भइरहेको छ