सङ्कटमा परेको जेटीबीको ऋण तिर्न लेवनानी केन्द्रीय बैंक सहमत


एजेन्सी : लेबनानको केन्द्रीय बैंकले अमेरिकाद्वारा प्रतिबन्धका कारण आर्थिक सङ्कट झेल्न बाध्य भएको एक स्वदेशी बैंकको ऋण मिनाह गर्न बिहीबार सहमत भएको छ । अमेरिकाले लेबनानी जम्माल ट्रष्ट बैंक (जेटीबी) एसएएललाई स्थानीय सिया आन्दोलन हेजवुल्लालाई सघाएको आरोप लगाउँदै गत महिना उक्त बैंकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

“जेटीबी एसएएलले अमेरिकी आर्थिक नाकावन्दीका कारण परेको आर्थिक सङ्कटबाट पार लगाउन केन्द्रीय बैंक तयार भएको छ,” बैंकका गभर्नर रिआद सालामेलाई उद्धृत गरी लेवनानी राष्ट्रिय समाचार समितिले जनाएको छ ।

गत अगस्ट २९ मा लेबनानी हेजबुल्ला समूहको प्रमुख आर्थिक कारोबार गर्ने बैंकको आरोपमा लेवनानी जेटीबीलाई वासिङ्टनद्वारा आर्थिक प्रतिवन्ध लगाइएको थियो । जेटीबीले सिया लडाकू समूहका कैयौँ सदस्यका परिवारलाई आर्थिक कारोबार गर्न छुट दिएको, आत्मघाती वम आक्रमणकारीका परिवारलाई सो वापतको रकमसमेत उपलब्ध गराएकोलगायतका आरोपमा आर्थिक नाकाबन्दी लगाएको अमेरिकी ट्रिजरी विभागको दावी रहँदै आएको छ ।

समाचार समितिले सालामेलाई उद्धृत गरी भनेको छ, “केन्द्रीय बैंकले जेटीबीको बैंकको सम्पत्तिको मूल्य र यसको राष्ट्रिय योगदानको मूल्यबापतको रकमलाई मूल्याङ्कन गरी जेटीबीको सम्पूर्ण रकमलाई चुक्ता गरिनेछ ।” रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– नेकपाकी नेतृ एंव प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले पश्चिम रूकुमको घटना प्रकरण अति राजनीतिकरण

धनगढी : सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ ।मंगलबार मात्रै भारतबाट फर्किएका

एजेन्सी : कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज विकको हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । कसैको

काठमाडौं– नेपालको नयाँ नक्सा प्रकाशन, मुद्रण तथा बिक्री वितरण गर्न नापी विभागको स्वीकृति लिनुपर्ने भएको

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी घटनाको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । पश्चिम रुकुमको

काठमाडौंः गृह मन्त्रालयले रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको

काठमाडौंः वीरगञ्जमा सिनियर र जुनियर चिकित्सकहरुको समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका चिकित्सकहरुलाई सेवामा आलोपालो गर्न आग्रह गरेको छ।

काठमाडौं– रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता गृहमन्त्री रामबहादुर थापाले व्यक्त