जहाज होल्डबारे पर्यटनमन्त्रीको चासो : तत्काल सुधार गर्न निर्देशन


काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने (होल्डमा बसेको) सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारणबारे सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिए। अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सेवा सुविधा सुदृढीकरणको अयिभानमा जुटेका पर्यटनमन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए।

उनले विमानस्थलका सन्दर्भमा प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टाअघि दूरी मापन गर्ने उपकरण (डिएमइ) तथा ‘भिएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज’ (भिओआर) मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।

उक्त प्राविधिक समस्याका कारण विमानस्थलमा करीब दुई घण्टासम्म जहाज अवतरण गर्न सकेका थिएनन् । मर्मतपछि अहिले नियमितरुपमा उडान अवतरण भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

विमानस्थलका अनुसार भिओआर र डिएमइ उपकरण आज बिहान १०ः४८ मा बिग्रिएको थियो । झण्डै डेढ घण्टाको मर्मतपछि सेवा पुनःसञ्चालन गरिएको थियो । सो समयमा विभिन्न गन्तव्यबाट आएका सात अन्तर्राष्ट्रिय जहाज अवतरणको पर्खाइमा आकासमा होल्ड भएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वटा र अन्तर्राष्ट्रियतर्फ नेपालका तीनसहित २८ वायु सेवा प्रदायक कम्पनीले दैनिक सरदर एक सय अन्तर्राष्ट्रियसहित चार सय उडान भर्दै आएका छन् ।  – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी

फाइल फोटो काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गरेकी छिन् । म्यान्मा

काठमाडौ : आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी

फाइल फोटो काठमाडौं : म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी

भक्तपुर : देशैभर आउदो मंसिर १४ गते दो्रोतहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने भएपछि देशैभर

काठमाडौं : पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं : नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी

काठमाडौ : सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ परेका छन् ।

धनुषा : हिजो सोमबार जहाज आउन ढिला भएको भन्दै जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोडमा

काठमाडौं : भारतीय क्रिकेट वोर्डको अध्यक्षमा क्रिकेटका पूर्व कप्तान सौरभ गंगुली नियुक्ति भएकै भोलीपल्ट नेपालका

काठमाडौं : संसद सचिवालयकी कर्मचारी माथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्ण बहादुर

काठमाडौं : विद्यालय जाने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रमणमा गर्ने दोषीहरुलाई जोगाउन चलखेल भइरहेको छ