आत्महत्या दुरुत्साहनमा ६ महिना कैद


चितवन : आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अदालतले बुधबार खैरहनीका संजोग गिरीलाई सजायँ तोकेको हो । गत वर्षदेखि दर्ता हुन थालेको आत्महत्या गर्न बाध्य पार्ने अर्थात दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले गरेको यो तेस्रो फैसला हो ।

संजोग विरुद्ध गत चैत २४ मा मुद्दा दायर भएको थियो । संजोगसँग बिहे गरेकी युवतीले गत फागुन १३ मा घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् । दिवंगत युवतीका माइती पक्षले संजोग र संजोगका बाबुआमा विरुद्ध प्रहरीमा उजुरी दिएपछि फागुन २७ मा उनीहरु पक्राउ परेका थिए । मुद्दा दायर भएपछि अरु जनही ३० हजार रुपैयाँ धरौटीमा छुटे पनि संजोग कारागार चलान भएका थिए ।

अदालतले संजोगलाई सजाय गरे पनि यो मुद्दामा अरुलाई सफाइ दिएको स्रेस्तेदार रुद्रमणि गिरीले बताए । त्यसैगरी माइती पक्षलाई क्षतिपूर्ति स्वरुप एक लाख रुपैयाँ तिर्नुपर्ने अदालतको फैसलामा उल्लेख भएको उनले जानकारी दिए । नयाँ मुलुकी संहिता जारी भएपछि चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा अहिलेसम्म ७ वटा मुद्दा दायर भएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले बताए ।

जसमध्ये फैसला भएका तीनवटा मुद्दा सबैमा अभियुक्तलाई जेल सजायँ भएको छ । चितवन जिल्ला अदालतमा माधव न्यौपानविरुद्ध आत्महत्या दुरुस्तासहनको पहिलो मुद्दा दायर भएको थियो । पहिलो फैसला पनि सोही मुद्दामा भएको थियो । गत वर्षको मंसिर एक गते एकजना महिलाले आत्महत्या गरेपछि दुरुत्साहन अभियोगमा माधवविरुद्ध मंसिर २५ गते मुद्दा दायर भएको थियो ।

यो मुद्दामा बैशाख २४ मा कसुर ठहर गर्दै अदालतले माधवलाई ६ महिना कैद र पाँच हजार जरिवाना सुनाएको थियो । त्यसैगरी मृतकका आफन्तलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने फैसला पनि अदालतले गरेको थियो । यसैगरी मंसिर ४ गते दायर भएको अर्को मुद्दामा चितवन अदालतले जेठ ९ गते फैसला गरेको थियो । जसमा आत्महत्या गरेकी महिलाका श्रीमानलाई सजाय भएको छ ।

आत्महत्या गरेर गत वर्षको कात्तिक १६ मा राप्ती नगरपालिका–२ मा २३ वर्षीय महिलाको निधन भएपछि प्रहरीले कात्तिक १७ गते उनका श्रीमान् जयराम सेढाई र आमाजुलाई गिरफ्तार गरेको थियो । अदालतमा मंसिर ४ गते मुद्दा दायर भयो । मंसिर ८ गते थुनछेक आदेश हुँदा मृतक महिलाका श्रीमान् जयराम सेढाई कारागार चलान भए । आमाजु एक लाख रुपैयाँ धरौटी राखेर तारेखमा छुटिन् । फैसला हुँदा उनले सफाइ पाइन ।

अदालतले जेठ ९ गते महिलाका श्रीमान् जयराम सेढाईलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने फैसला गरेको थियो । ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने छ । अदालतमा अहिले आत्महत्या दुरुत्साहनका चारवटा मुद्दा विरचाराधीन छन ।

जसमा सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा दायर भएको कार्यक्रम प्रस्तोता रवी लामिछाने लगायत विरुद्धको मुद्दासमेत छ । यो समाचार कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले लेखेका हुन ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

भक्तपुर : भक्तपुरको मध्यपुर थिमी–४ नयाँ थिमीमा ट्रिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीरक्ष निमबहादुर

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ । एकै

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : थप ७ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न