वडा कार्यालय एकाएक गायब 



मकवानपुर : बकैया वडा नं ७ कार्यालय स्थानीयलाई थाहै नदिई अपायक स्थानमा सारिएको छ ।

 

सामुदायिक वनको भवनमा रहेको वडा कार्यालय शुक्रबार साँझ करिब तीन किमी दूरीमा रहेको हात्तीखोलामा  सारको थाहा पाएपछि गाउँलेहरु आक्रोशित बनेका थिए । कार्यालय खोज्दै हात्तीखोला पुगेका थिए । 

 

‘वडाध्यक्षको भाइको घरमा वडा कार्यालयको बोर्ड झन्ड्याइको देखियो, तर सामान राखेको कार्यालयमा तालाबन्दी गरको रहेछ’, स्थानीय एक व्यक्तिले भने, ‘वडा कार्यालय फिर्ता ल्याउन आइतबार गाउँले जम्मा भएर आएका छौं ।' 

 

वडाअध्यक्ष दामोदर खनालले बडाबासीलाई याक पार्ने स्थानमा स्थायी कार्यालय खाख्न समन्य गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्