नेमकिपाको सातौँ महाधिवेशन आजबाट सुरु



भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को सातौँ महाधिवेशन आज (शुक्रबार)देखि तीन दिनसम्म भक्तपुरमा हुने भएको छ ।

शुक्रबार दिउँसो १ बजे सल्लाघारीमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।

महाधिवेशनले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी रणनीति, विधान संशोधन र वर्तमान राजनीतिबारे दृष्टिकोण निर्माण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्