यसरी मनाइँयो देशभर संविधान दिवस



काठमाडौं : संविधानसभाबाट संविधान जारी भएको आज (शुक्रबार) चार वर्ष पूरा भएको छ ।

संविधान जारी भएको आजको दिनलाई संविधान दिवसका रुपमा मनाउँदै आइएको छ ।
सरकारले आजको दिनलाई राष्ट्रिय दिवसका रुपमा पनि मनाउँदै आएको छ ।

यसै अवसरमा संघीय राजधानी काठमाडौंसहित आज देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइँएको छ ।

दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीको टूँडिखेलमा विशेष समारोहको आयोजना गरी मनाएको छ ।

४ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । तर, जारी संविधान सर्वस्वीकार्य हुन सकिरहेको छैन ।

संविधान जारी भएदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी दल लगायत आदिवासी, जनजातिहरु रुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्