मुर्छित सपना जगाउनु नै थियो : प्रधानमन्त्री



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा बोल्दै रेल र पानी जहाजका कुरा गरेर आफूले मुर्छित सपनामा पानी छर्किएको बताएका छन् ।

जनतामा केही पनि हुँदैन भनी निराशा छाएका बेला आफूले आशावादी कदम चालेको उनको संकेत छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले अघि सारिएका आशाका कुराहरुलाई लिएर धेरै प्रश्नहरु खडा नगरिरहन आग्रहसमेत गरे ।

उनकै शब्दमा ‘खै त रेल, खै त पानी जहाज ? कहाँ छ जलमार्गमा मालवाहक सवारी गुडिरहेको’ भनी प्रश्न त गर्न सकिएला तर आशालाई निराशामा परिणत गर्ने कुराले कसैको हित गर्दैन ।

यी कुराहरु तत्कालका व्यवहारमा आउनसक्ने खालका नभएको कुरा मनन् गर्दै प्रम ओलीले थपे– ‘म बिनम्रताका साथ स्वीकार गर्छु, हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

प्रमका अनुसार भविष्यप्रति आशावादी हुनु र सुन्दर भविष्यको परिकल्पना गर्नु मुर्छित सपनाहरुलाई व्युँझाउनु हो ।

प्रतिक्रिया दिनुहोस्