वीरगञ्जमा संविधान दिवसको विरोध



नरेश सर्राफ / वीरगञ्ज : मधेसी जनअधिकार फोरम मधेसले पर्सामा संविधानलाई जलाएर विरोध जनाएका छन् ।

संविधानसभाबाट संविधान जारी भएको आज (शुक्रबार) चार वर्ष पूरा भएको छ । संविधान जारी भएको आजको दिनलाई संविधान दिवसका रुपमा मनाउँदै आइएको छ भने सरकारले आजको दिनलाई राष्ट्रिय दिवसका रुपमा समेत मनाउँदै आएको छ । तर, देशभर नै उत्साह रुपमा संविधान दिवस मनाइरहेको भेला वीरगञ्जमा भने फोरम मधेसले संविधानको विरोध गर्दै जलाएका हुन् ।

वीरगञ्जको घण्टाघर चौकमा आयोजित विरोध कार्यक्रमम फोरम मधेसका अध्यक्ष भाग्यनाथ गुप्तासहितका नेता कार्यकर्ताहरु हातमा कालो झण्डा फहराउँदै संविधानको प्रतीलिपि जलाएर विरोध जनाएका हुन् ।

मधेसीको हितमा संविधान नरहेकोले संविधान जलाइएको अध्यक्ष गुप्ताले बताए । उनिहरुले संघीय सरकारसहित प्रदेश सरकारको विरुद्ध चर्को नाजाबाजी गरेर विरोध जनाएका हुन् ।

यसैगरी राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले पनि संविधान दिवसको विरोध गर्दै प्रदर्शन गरेको छ । मञ्चले वीरगञ्जको घण्टाघरमा संविधानको विरोध गर्दै २०७२ लेखिएको संविधान जलाएको हो ।

राष्ट्रिय सरोकार मञ्चका संयोजक नन्दकिशोर गोयलले जनताको विरोध हुँदा हुँदै ब्यालेट र बुलेटको बलमा लादिएको संविधान हामिलाई मान्य नहुने जनाउँदै विरोध जनाएका हुन् ।

विरोध प्रदर्शनमा गर्ने क्रममा समाजसेवी पशुपति बिक्रम शाह, नागरिक संघर्ष समितिका हिराबहादुर चन्द, दिनानाथ प्रसाद यादव, सरोकार मञ्चका उपाध्यक्ष कमल प्रसाद घिमिरे, सचिव मकबुल मियाँ बरई, नगर अध्यक्ष उपेन्द्र बरई, कबि अरुणबिक्रम शाह र राजेश यादव लगायतले नयाँ संविधानको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्