वीरगञ्ज कारागारबाट एक महिलासहित १२ कैदी रिहा



नरेश सरार्फ / वीरगञ्ज : संविधान दिवसको अवसरमा वीरगञ्ज कारागारबाट एक महिलासहित १२ जना कैदी छुटेका छन् ।

विभिन्न मुद्दामा वीरगञ्ज कारागारमा सजाय भुक्तान गरिरहेका एक महिलासहित १२ जना कैदीहरु संविधान दिवसको अवसरमा छुटेका कारागारका जेलर श्रवण कुमार पोखरेलले जानकारी दिए ।

रिहा हुनेहरुमा सवारी ज्यानमुद्दाका बाराका अरुण चौधरी, सबुदीन मिया धोबी, मनोज राम, रौतहटका राम प्रवेश साह तेली, अंगभग मुद्दामा जेल सजाय काटी रहेका पर्साका हरिप्रसाद राउत, कर्तव्य ज्यान मुद्दाका अर्घाखाँचीका भुपेन्द्र परियार, रुपन्देहीका रवि परियार, कालु भन्ने सुरेन्द्र परियार, बाराकी सविता देवी साह रहेका छन् ।

त्यस्तै गर्भपतन मुद्दाका बारा शिवजी प्रसाद कानुलाई र ज्यानमार्ने उद्योगमा पक्राउ परी सजाय काटी रहेका बाराका प्रमोद प्रसाद यादव र किरण विकलााई आज (शुक्रबार) बिहान रिहा गरिएको पोखरेलले बताए ।

नेपालको संविधानको धारा २७६ मा माफी मिनाहा हुने व्यवस्था भए अनुसार ५० प्रतिशत कैद भुक्ता गरि सकेका विभिन्न मुद्दाका कैदी बन्दीहरुलाई राष्ट्रपतिको निर्णय अनुसार कैद मिनाहा भएको जेलर पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्