नेपाल र ताजिकिस्तान भिड्ने


काठमाडौं : जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ ।

यसअघि खेलेको अघिल्ला दुई खेलमा नेपालले एक अङ्क जोडेको छ । पहिलो खेलमा घरेलु टोली जोर्डनसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो । यद्यपि दोस्रो खेलमा भने नेपालले खेलमा पुनरागमन गर्दै कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

यसअघि समान दुई खेल नै खेलेको ताजिकिस्तान दुवै खेलमा जित हासिल गर्दै छ अङ्क जोडेको छ । उक्त छनोट च्याम्पियनसिपमा विभिन्न ४८ वटा राष्ट्र सहभागी छन् जसलाई एघार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् ।

जारी प्रतियोगितामा ताजिकिस्तान शीर्ष स्थानमा छ भने जोर्डन दोस्रो स्थानमा छ । चार अङ्कका साथ कुवेत तेस्रो स्थानमा छ भने एक अङ्क बटुलेको नेपाल चौथो स्थानमा छ । तीन खेल खेलेको श्रीलङ्का तीनै खेलमा पराजय भोग्दै अङ्क तालिकाको पुछारमा छ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो असार १ गतेबाट पठन शुरु गर्न संघ,

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५७ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५७ जिल्लामा

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८१ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : योगेन्द्र सिलवाल झापाको एम्बुलेन्स चालक हुन् । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबैलाई आफ्ना नाम थर परिवर्तन गर्न

जनकपुरधाम– प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटमा

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ सय ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगको टोली ६ जनाको ज्यान जानेगरी रुकुम पश्चिमको सोतीमा भएको

बझाङ : बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिका २ वर्षीय बालिकाको मृत्यु भएको

पोखरा : गण्डकी प्रदेशमा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका स्याङ्जा

काठमाडौं– सांसद सूर्य प्रसाद पाठकले सदनमा मृत्यु दण्डको माग उठाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही,