मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा


काठमाडौं : हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३२ विमानस्थलमध्ये १३ वटाले मात्र नाफा कमाइरहेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित १३ विमानस्थलले नाफा कमाए । चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा, गौतमबुद्ध, नेपालगञ्ज र धनगढी विमानस्थल फाइदामा छन् ।

त्यस्तै लुक्ला, जनकपुर, भरतपुर, जोमसोम र सिमिकोट विमानस्थलले फाइदामा छन् । विमानस्थलले लगानीअनुरुप कुनै प्रतिफल दिएका छैनन् । प्राधिकरणको वार्षिक साधारण खर्च मात्र धान्ने गरेका छन् ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार लगानी गरिएका विमानस्थलबाट मुस्किलले वार्षिक साधारण खर्च मात्र धान्ने गरेका छन् । विकास खर्चमा त्यो रकम समावेश हुँदैन । प्राधिकरणले गत आर्थिक वर्षमा रु छ अर्ब र विमानस्थल शुल्कबापत रु दुई अर्ब गरी जम्मा रु आठ अर्ब नाफा कमाएको थियो । वार्षिक बजेटको तुलनामा यसलाई नाफा कमाएको मान्न सकिन्न । उक्त आर्थिक वर्षमा प्राधिकरणले रु ४५ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको थियो ।

प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएर बजेट छुट्याइएको छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकमुष्ट रु २३ अर्ब विनियोजन गरिएको छ ।

प्राधिकरणको विवरणमा मुलुकभर रहेका ५० वटा विमानस्थलमध्ये हाल ३२ सञ्चालनमा रहेका छन् । प्राधिकरणले नाफा कमाउनेभन्दा पनि राज्यको नीतिअनुरुप सेवामूलक हिसाबले धेरै विमानस्थल सञ्चालनमा रहेकाले नाफा आर्जन गर्न नसकेको महानिर्देशक पोखरेलको भनाइ छ ।

सन् २०२० को शुरुआतमै सञ्चालन गर्ने लक्ष्यका साथ भैरहवा विमानस्थल निर्माण कार्य तीब्र गतिमा अघि बढको छ । हालसम्म विमानस्थलको ७४ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्धारित सन् २०२१ अगाडि नै निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्य प्रभावकारीरुपमा भइरहेको छ । अहिले यो आयोजनाको प्रगति ३० प्रतिशतभन्दा बढी रहेको छ ।

चालू आवका लागि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरणका लागि रु ६ अर्ब बजेट विनियोजन गरेको छ । पहिलोपटक धावनमार्गको स्तरोन्नति ‘रनवे रिह्याव’ हालै सम्पन्न भएको थियो भने सेप्टेम्बर महीनादेखि विमानस्थलको ‘ट्याक्सी वे’ स्तरोन्नतिको काम धमाधम भइरहेको छ । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानको शुरुआत हुनु अगाडि नै विमानस्थलको स्तरोन्नतिको काम सकिने जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ । एकै

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : थप ७ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।