कागज बोकेको भारतीय गाडीबाट अवैध कपडा बरामद



नरेश सर्राफ/ वीरगञ्ज : कागज बोकेको भारतीय नम्बर प्लेटको गाडीबाट ३५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ । सशस्त्र प्रहरीले पक्राउ गरी राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रिय ईकाइ कार्यालय पथलैया बारामा बुझाएको गाडीबाट अबैध लत्ता कपडा बिना बिल बिजकको बरामद भएको हो ।

सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर चिनिमिल पर्साले बिशेष सुराकीको आधारमा सो गाडी नियन्त्रणमा लिएर राजश्व कार्यालयमा बुझाएको थियो ।

राजश्व कार्यालयले गरेकोे चेकजाँचको क्रममा भन्सार प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा २४ पोका कपडा बढी अन्दाजी करिव ३५ लाख रुपैयाँ बराबरको अबैध लत्ताकपडा बरामद गरेको राजश्व अनुसन्धान कार्यालय बाराका प्रमुख राजन विसीले बताए ।

वीरगञ्ज भन्सारबाट ग्रिन सिगनलबाट जाँचपास भई छुटेको ओआर, १४ एक्स २१९६ नम्बरको भारतीय माल बाहक ट्रक वीरगञ्ज माहानगरपालिका १६ रजत जयन्ती चौकबाट गत भदौ ११ गते नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवँरले बताए ।

प्रहरीका अनुसार गाडीका चालक भने फरार रहेको र उनको खोजी कार्यभई रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्