यौन दुव्र्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ



एजेन्सी : युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ । भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो ।

“चिनमायानन्दलाई उनकै घरबाट पक्राउ गरिएको छ, उनको स्वास्थ्य अवस्था गम्भीर छ,” चिनमायानन्दका वकिल पूजा सिंहले भने । “उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो ।

म उनको वकिल भएपनि मलाई उनीसँग भेट्न दिइएको छैन ।” पक्राउ गरेपछि चिनमायानन्दलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । “उनलाई नियमितरूपमा स्वास्थ्य परीक्षणका लागि ल्याउने गरिएको छ,” एक चिकित्सकले भने । रासस

प्रतिक्रिया दिनुहोस्