आज–०४ असोज २०७६ शनिबारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ कमको थालनी हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समयपनि रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । राजनैतिक चिन्तन बढ्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मविश्वास जाग्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सामान हराउने योग छ । सहयोगी र नातागोताको साथपनि नपाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बौद्धिक काममा सफलता मिल्नेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । श्रमको उचित मुल्याङन हुनेछ । कृषि क्षेत्रबाट सफलता पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्