आगामी तीन दिनको मौसम : मध्य र पूर्वी तराईमा मेघगर्जनसहित वर्षा



काठमाडौं : मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ सरेको कारण हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार बिहान दैनिक बुलेटिन जारी गर्दै महाशाखाले आगामी तीन दिन देशभरी आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षा हुने जनाएको छ ।

आगामी तीन दिनको मौसम
असोज ०४ गते (शनिबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

असोज ०५ गते (आइतबार)
दिउँसो :
देशभरी सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । मध्य तथा पूर्वका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ०६ गते (सोमबार)
दिउँसो :
देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्य बदली रहने छ । केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्