विद्युतको नौ करोड बक्यौता


दाङ : दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र घोराहीको रु आठ करोड ८१ लाख ६९ हजार ८ सय ७२ बक्यौता उठ्न बाँकी रहेको छ । तुलसीपुर वितरण केन्द्रबाट गएको आर्थिक वर्षको रु चार करोड ४५ लाख ३४ हजार ४ सय ४ बक्यौता उठ्न बाँकी छ, भने घोराहीबाट रु चार करोड ३६ लाख ३५ हजार ४ सय ७२ बक्यौता उठ्न बाँकी रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख दीपक चौधरीका अनुसार सरकारी कार्यालयले समेत विद्युत्को बक्यौता बुझाएका छैनन् । गएको वर्ष विद्युत्को महशुल नबुझाउनेमध्ये तुलसीपुरमा ५९ वटाको लाइन काटिएको प्रमुख चौधरीको भनाइ छ । लाइन काटिएपछि जरिवाना तिरेर पुनः विद्युत् जडान गर्न सकिने उनको भनाइ छ ।

ग्राहकको काटिएको लाइन जडान गरेबापत रु २५ लाख ६४ हजार ३ सय ८३ राजश्व सङ्कलन भएको छ । लाइन काटिएर बाँकी बक्यौता नतिर्ने ग्राहकमध्ये अघिल्लो आवसम्ममा ४८ जनालाई कालोसूचीमा राखिएको छ । साथै चालू आव २०७६/०७७ मा तीन जना ग्राहकबाट रु एक लाख ७८ हजार ३० असुल गरिएको उनले बताए।

बक्यौता उठाउनका लागि पटक–पटक पत्र पठाउनुका साथै पत्रचार गर्ने गरेको प्रमुख चौधरीको भनाइ छ । महशुल नबुझाएको दुई महीनापछि लाइन काटिने गर्छ । तुलसीपुरमा ३८ हजार ९ सय ९१ ग्राहक रहेका छन् । घोराहीमा करीब ३५ हजार ग्राहक छन् । लमही नगरपालिका क्षेत्रमा २५ हजार रहेका छन् ।

विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् चुहावट नियन्त्रण कार्यलाई प्रभावकारी बनाउँदै आएको छ । पछिल्लो समय विद्युत् चुहावट अत्यधिक हुने गरेको भन्दै त्यसको निगरानीलाई कडाइ गरेको प्रमुख चौधरीले बताए । चुहावट रोक्न टोली परिचालन गरिएको छ । गएको आवमा ४७ वटा चुहावट कारवाही गरिएकोमा त्यसबाट रु चार लाख ९२ हजार ४ सय १२ असुल गरिएको थियो ।

अघिल्लो आव २०७४/०७५ मा ३०.८६ प्रतिशत चुहावट रहेको थियो भने गत आव २०७५/०७६ मा त्यसलाई २१.६८ प्रतिशतमा ल्याउने लक्ष्य राखिएकोमा १९.३० प्रतिशत कायम भएको थियो । बजार क्षेत्रभन्दा गाउँमा बढी चुहावट हुने गरेको छ । गएको वर्ष सबैभन्दा बढी गोलटाकुरीमा चुहावट भएको थियो । त्यसैगरी फूलबारी र कचिलामा भएको थियो । बजार क्षेत्रमा भने फाटफुट मात्रामा चुहावट हुने गरेको छ ।

विद्युत्को पोलबाटै हुकिङ गरी लैजाने गरेको छ । घरमा मिटर नै जडान नगर्ने तर विद्युत चोरी गरी चलाउने गरेको भन्दै यस्तालाई कारवाही गर्न थालिएको बताइएको छ । कारवाही गरिएकाबाट प्रयोग गरेको परिमाणको आधारमा जरिवाना गर्ने गरिएको छ । प्रायः गर्मी समयमा बढी चुहावट हुने र पानी तान्ने मोटरलगायत अन्य इलेक्टोनिक्स सामग्री बढी प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई कम्तीमा रु दुई हजारदेखि बढी जरिवाना हुने गरेको छ । त्यसरी प्रयोग गर्दा मिटरमा युनिट नदेखिने हुनाले विद्युत्लाई राजश्वमा घाटा लाग्ने गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ । एकै

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित सात घर सिल गरिएको छ । स्थानेश्वर मार्गमा बस्ने ३५