मधेश टुक्राउने मुख्यमन्त्री र नेता ठाकुरको चेतावनी



जनकपुरधाम : लामो समय मौन देखिएका राष्ट्रि जनता पार्टी (राजपा)का वरिष्ठ नेता महन्थ ठाकुरले दुई नम्बर प्रदेश अस्थायी राजधानी रहेको जनकपुर आएर मधेश टुक्रन सक्ने चेतावनी दिएका छन् भने मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकराले बेलैमा संशोधन नगरे ठूलो मूल्य चुकाउनु पर्ने भन्दै चेतावनी दिएका छन् ।

यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता ठाकुरले आफूहरुको माग सम्बोधन गर्दै संविधान संशोधन नगरेमा मधेशलाई अलग राज्यका रुपमा टुक्राउनु पर्ने अवस्था पनि आउन सक्ने भन्दै चेतावनी दिएका हुन् ।

हिजो (शुक्रबार) आयोजित ‘नेपालको संविधान : बहस र मन्थन’ कार्यक्रममा नेता ठाकुरले आफूहरुले उठाएका मागहरु अहिलेसम्म पूरा नभएको र राज्य सत्ताले नसुनेको भन्दै कडा रुपमा प्रस्तुत भएका थिए । उनले भने– ‘अब संविधान संशोधन नगरे मधेश अलग हुन सक्छ त्यसैले केन्द्र सरकार हाम्रो माग पूरा गर्न तर्फ लागोस्, सचेत र गम्भिर बनोस् ।’

संविधान दिवसको अवसरमा आयोजित सरकारी कार्यक्रम छाडेर गैर सरकारी संस्थाद्वारा आयोजित सो कार्यक्रममा सहभागी दुई नम्बर प्रदेशका मुख्यमन्त्री राउतले संविधान संशोधन नगरे केन्द्र सरकारले ठूलो मूल्य चुकाउनु पर्ने बताउँदै संविधानलाई सर्वस्वीकारर्य बनाउन सविधान संशोधन अरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्