ओली सरकारले के–के गर्यो १८ महिनामा ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएको १८ महिनायताका उपलब्धि सार्वजनिक गरेका छन् ।

शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राजधानी काठमाडौंको टूँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्रीले सार्वजनिक गरेका सरकारका मुख्य उपलब्धि यस प्रकारका छन्ः

  • आर्थिक वर्ष २०७५/०७६ मा यस दशककै ७.१ प्रतिशतको उच्च आर्थिक वृद्धि
    निर्यात वृद्धि १९.४ प्रतिशतले र आयातको वृद्धि १३.९ प्रतिशतमा सीमित
  • राजस्व सङ्कलनमा २२.६ प्रतिशतले वृद्धि
  • ब्याङ्कहरूको कर्जा विभिन्न क्षेत्रमा उल्लेखनीय मात्रामा विस्तार
  • विभिन्न सात प्रकारका प्राथमिकताप्राप्त क्षेत्रमा सहुलियतपूर्ण ऋण तथा ब्याज अनुदान उपलब्ध गराइएको
  • स्थानीय तहमा वाणिज्य ब्याङ्कका शाखा ७३७ पुगेको
  • “खोलौँ ब्याङ्क खाता“ अभियान अन्तर्गत हालसम्म १ लाख ६५ हजार ६२२ जनाको ब्याङ्क खाता खोलिएको
  • सङ्घ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कामको बाँडफाँट, राजस्व बाँडफाँट तथा अनुदान वितरणसम्बन्धी सूत्र ६३५ वटा स्थानीय तहमा कार्यान्वयनमा आएको
  • नेपालले डेढ वर्षको अवधिमा नै सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण पाटो वित्तीय सङ्घीयताको व्यवस्थापन सहज रूपमा गरेको
  • सामान ढुवानी गर्ने गाडीको अनुगमन सहज पार्ने भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ प्रणालीमा ३० हजारभन्दा बढी फर्महरू जोडिएको
  • तातोपानी नाकाबाट आयात(निर्यात पुनः शुरू भएको
  • सिन्धुपाल्चोकको लार्चा्स्थित सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएको
  • टेलिप्रिजेन्सको माध्यमबाट राष्ट्रिय गौरवका परियोजनाको प्रत्यक्ष अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको
  • सार्वजनिक सेवाको आधुनिकीकरणका लागि राष्ट्रिय परिचयपत्रको वितरण कार्य शुरू भएको
  • विद्युतीय सार्वजनिक सेवामार्फत् सुरक्षा तथा प्रहरी प्रशासन, भूमि व्यवस्था, यातायात प्रशासन, औद्योगिक सेवा, राजस्व प्रशासन, न्याय प्रशासन, अध्यागमन तथा राहदानी, एकीकृत नागरिक एप्स र विद्युतीय मतदानप्रणाली सञ्चालनको तयारी पूरा
  • मुलुकका ८९ मालपोत कार्यालयवाट विद्युतीय प्रणालीमार्फत् सेवा प्रदान गर्ने कार्य थालनी भएको
  • अघिल्लो आर्थिक वर्षमा करिब एक हजार ६ सय किलोमिटर कालोपत्रे सडक निर्माण भएको
  • दुई सय ४३ सडक पुलको निर्माण कार्य सम्पन्न भएको
  • यस वर्ष एक हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी विद्युत् र नवीकरणीय ऊर्जाका परियोजना सञ्चालनमा
  • यो सरकार गठन हुँदा कायम रहेको प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि भई ११० किलोवाट प्रतिघण्टाबाट २४५ किलोवाट प्रतिघण्टा पुगेको
  • यस अवधिमा मुलुकका ७ हजार ३ सय ७७ हेक्टर थप भूभागमा वृक्षारोपण गरिएको, वृक्षारोपण भएका क्षेत्रमा फलफूलका मात्र ४५ लाख बिरुवा रोपिएको
  • यस अवधिमा थप ३ हजार ७ सय हेक्टर भूमिमा सिँचाइ सुविधा विस्तार गरिएको
  • भूकम्पबाट क्षति भएका चार लाख ९२ हजार निजी घर, पाँच हजार विद्यालय र ६६५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण सम्पन्न बारा र पर्साका चक्रवातीय आँधीपीडितका लागि ८६९ घर निर्माण गरी हस्तान्तरण गरिएको
  • दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पाइपलाइनको रूपमा मोतिहारी-रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याइएको
  • वर्तमान सरकारको कार्यकालमा स्वास्थ्य बीमाको दायरामा आउने नागरिकको सङ्ख्या तीन गुणाले वृद्धि
  • यस वर्ष विद्यालय जाने उमेर समूहका बालबालिकामध्ये थप तीन लाख जनालाई विद्यालय भर्ना गरिएको
  • कक्षा एकदेखि १० सम्मका सबै ५६ लाख ३८ हजार बालबालिकालाई शैक्षिक वर्षको शुरूमा नै पाठ्यपुस्तक उपलब्ध गराइएको
  • वर्तमान सरकार गठन हुनुअघि ४३ जिल्ला पूर्ण साक्षर जिल्ला घोषित भएकोमा यो सरकार गठन भएपछि ५१ जिल्ला साक्षर घोषणा
  • थप एक हजार माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट देशभरिका ६४६ स्थानीय तहमा १ लाख ८८ हजार ३४६ जनालाई औसत १३ दिनका दरले जम्मा २३ लाख ४३ हजार १३६ दिनको रोजगारी उपलब्ध गराइएको
  • श्रमिकहरूको वैदेशिक रोजगारी सुलभ, सुरक्षित र मर्या्दित तुल्याउन शून्य लागतको सिद्धान्त बमोजिम मलेशिया, संयुक्त अरब इमिरेट्स तथा मरिसससँग श्रम सम्झौता र समझदारी गरिएको
  • जापानका नागरिकले पाउने सरहको सुविधा नेपाली श्रमिकले पाउने गरी जापानसँग द्विपक्षीय श्रम समझदारी
  • यसै आर्थिक वर्षबाट श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको
  • वर्तमान सरकार गठन भएपछि जारी भएका ४३ वटा ऐनमार्फत् २०१ वटा ऐन संशोधन, १३ वटा ऐन खारेज
  • पाँचवटा अध्यादेश जारी भएको, ४२ वटा विधेयक संसद्मा दर्ता भई विचाराधीन
  • सिण्डिकेट अन्त्य गरी काठमाण्डू उपत्यकाको सार्वजनिक यातायात प्रणालीमा सुधार गर्न सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने विधेयक सघीय संसद्मा विचाराधीन
  • आमनागरिकको सुविधाका लागि विद्युतीय बस छिट्टै सञ्चालन हुँदै, सरकारले साझा यातायातमार्फत् काठमाण्डू उपत्यका र प्रदेशका मुख्य शहरहरूमा तीन सयवटा विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको
  • जटिल मानिएको कर्मचारी समायोजन सम्पन्न
  • जापानसँग नेपालको सिधा हवाई सम्पर्क पुनःस्थापना
  • नेपाल भ्रमण वर्ष २०२० का तयारी तीव्र रूपमा भइरहेको
  • दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि पूर्वाधार तयारी अन्तिम चरणमा पुगेको
  • पहिलो पटक नेपालमा सरकारले मासिक १०० रुपैयाँबाट शुरू गरेको सामाजिक सुरक्षा भत्तालाई प्रतिमहिना ३ हजार रुपैयाँ र्पुयाइएको
  • यस अवधिमा विभिन्न आठ मुलकका सरकार तथा राष्ट्र प्रमुखबाट नेपालको औपचारिक भ्रमण
  • राष्ट्रपतिबाट विभिन्न चारवटा मुलुक, उपराष्ट्रपतिबाट दुई मुलुकको औपचारिक भ्रमण भएको, प्रधानमन्त्रीबाट १० औपचारिक भ्रमण
  • परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको ज्ञान र सीप नेपालको विकासमा परिचालन गर्न ’ब्रेनगेन सेन्टर’ को स्थापना
  • सरकार गठन भएदेखि हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विभिन्न कसुरमा ५४० जनाविरुद्ध ४ अर्ब २५ करोड रुपैयाँ विगो माग दावी गरी मुद्दा चलाइएको
  • राजस्व चुहावट र विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारको कसुरमा ५६८ जनामाथि १४ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको
प्रतिक्रिया दिनुहोस्