ऋतिक रोशनसँग विवाह गर्ने नायिका सोनाक्षीको खुलासा



एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे गरिसकेकी छन् भने प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने तयारी गर्दै गर्दा अभिनेता ऋतिक रोशन र अभिनेत्री सोनाक्षीको पनि विवाह हुने कुराले बलिउडलाई तताएको छ ।
‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’ भन्ने लाइफ स्टाइल म्याग्जिनको जिज्ञासामा बलिउड अभिनेत्री सोनाक्षीले भनिन्, ‘ ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’ उनको यो अन्तरर्वातापछि बलिउडमा व्यापक चर्चा पाएको छ ।
उनले म्यागजिनलाई अन्तरर्वाता दिदै आफू अभिनेता ऋतिक रोशनसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन् । अन्तर्वार्ता दिनेक्रममा उनले आफू विवाहका लागि ऋतिकसँग राजी भएको बताएकी हुन् ।
त्यसपछि फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्दा कसलाई रोज्नु हुन्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले ऋतिकको नाम लिएकी हुन् । उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया दिनुहोस्