एनजिओलाई अंकुश लगाउने मन्त्री पण्डितको यस्तो छ योजना


काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह लगाउने योजना बनाएका छन् । जनप्रनिधि तथा कर्मचारीको क्षमता अभिबृद्धिको नाममा जसले पनि तालीम दिन थालेपछि यसमा कडाई गरिने भएको हो ।

जनप्रतिनिधि तथा कर्मचारीको क्षमता बृद्धि गर्न सरकारले स्थापना गरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५औं बार्षिकउत्सको कार्यक्रममा मन्त्री पण्डितले अव कुनै पनि तालीमका कार्यक्रम प्रतिष्ठानमार्फत लागू गर्नुपर्ने बताए ।

एउटै बिषयमा बहुरुपी तालीम तथा प्रशिक्षण हुन थालेपछि कर्मचारी तथा जनप्रतिनिधिहरु यसैमा ब्यस्त हुन थालेको गुनासो आउन थालेको छ । सहयोग सवैको लिने तर कार्यान्वयन प्रतिष्ठानमार्फत गरिने मन्त्री पण्डितले बताए । टुरिष्ट भीषामा नेपाल आएकाहरु पनि कर्मचारी र जनप्रनिधिलाई प्रशिक्षण दिने थालेपछि मन्त्री पण्डित निक्कै रुष्ट भएका छन् ।

कर्मचारी समायोजको काम सकिएका कारण अव परिणाम निस्कने काम गर्न उनले कर्मचारीहरुलाई आग्रह गरे । नेपालको कर्मचारी समायोजनको काम अन्य मुलुकमा भन्दा छिटो सकिएको बताउँदै मन्त्री पण्डितले आगामी योजना निर्माण गर्न आधुनिक प्रणाली अबलम्बन गर्ने दावी पनि गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल, शिक्षा मन्त्रालयका सचिव महेश दाहाल,गाउँपालिका महासंघ नगरपालिका संघ लगायतका प्रतिनिधिले प्रतिष्ठानको काममा सहयोग गर्ने बचन दिएका थिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले प्रतिष्ठानले नीति निमयमा सुधार गर्दै अझै अब्बल तरिकाले काम गर्ने बताए । स्थानीय तहको क्षमता अभिबृद्धि गर्ने योजनाका साथ स्थापना भएको यो प्रतिष्ठान २६ बर्ष पुरा गरेर २७ बर्षमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन

काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको

म्यान्मा : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ

काठमाडौं : विनासेवासुविधा काम गर भन्ने आशयको संवैधानिक अदालतद्वारा जारी आदेश अनुचित भएको भन्दै प्रदेश

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुमार्गको यही कात्तिक ४ गते उद्घाटन गर्ने

काठमाडौं : अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम

विराटनगर : छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको

काठमाडौ : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएपछि उनीहरुको सेवा

काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार

काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत