नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा प्रदेश २मा उत्पन्न पार्टीको विवाद र एकता प्रक्रियाका बाँकी काम टुंगो लगाउँनका साथै पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने नेकपाले बताएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले बैठक दिउँसो बस्ने जानकारी दिए । बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अर्का अध्यक्ष प्रचण्डको अस्वस्थताका कारण स्थगित भएको थियो ।

पार्टीको पोलिटव्युरो कमिटीका साथै लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोगलगायतका विभिन्न संगठनको समायोजन तथा कार्यबिभाजन अझै टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्