छपकैयामा बालवालिकाहरुको चित्रकला प्रदर्शन



बीरगन्ज : बीरगन्ज महानगरपालिका ३ छपकैयामा जारी चित्रकला प्रदर्शनीले धेरैको मन खिचेको छ ।

काठमाडौको बिआईए फाउण्डेशन (बोधिसत्व ईन एक्सन)को आर्ट थेरापीमा प्रशिक्षण लिएका मन्जु कार्की लगायतका बालवालिकाले बनाएका चित्रकला सो प्रदर्शनीमा राखिएको छ ।

राम्ररी बोल्न र हिडडूल गर्न नसक्नेहरुले आफ्ना भावना चित्रकला मार्फत व्यक्त गर्दै बनाएका ८० वटा चित्र उक्त प्रदर्शनीमा राखिएको छ ।

त्रिभुन विश्वविद्यालयकी आर्ट लेक्चरर आर्ट थेरापिष्ट सपना शाहले मन्जु लगायतका फरक प्रतिभा भएका व्यक्तिहहरुलाई आर्टथेरापी गराउदै आएकी छन् । फाउण्डेशनले अनाथ,श्रम शोषण तथा हिंसामा परेका, सेरेवुल पाल्सी, अटिज्म,लगायत शारीरक र मानसिक स्वास्थ्य समस्याबाट ग्रसित बालवालिकाका लागि आर्ट थेरापी गराउदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्