पशुपतिमा नि:शुल्क लकर र टेम्पाे सेवा



काठमाडौं : अब पशुपतिनाथ मन्दिर दर्शन गर्न जानेहरुले आफ्ना बहुमुल्य सामान ‘लकर’मा सुरक्षित तरिकाले राख्न पाउने भएका छन् ।

 

पशुपति क्षेत्र विकास कोषले माछापुछे्र बैंकसँगको सहकार्यमा आइतबारदेखि लकर सेवा सुरु गरेको हो । 

पशुपति क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले  लकर सेवाको सुरुवाता गरेका हुन् ।

 

लकर सेवासँगै अब दर्शनार्थीहरुले मन्दिरभित्र प्रवेश गर्दा गरगहना मोबाइल नगदलगाइत बहुमूल्य सामग्री हराउने डरबाट मुक्ति पाउने विश्वास पशुपति विकास कोषले व्यक्त गरेको छ । 

 

कोषले अशक्तहरुलाई पशुपति दर्शनका लागि आइतबारदेखि नै विद्युतीय टेम्बोबाट निशुल्क यात्रु सेवा पनि सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस्