मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



बाँके : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल अगाडि मोटरसाइकलले ठक्करबाट दाङको गढवा–७ का २२ वर्षीया सीता चौधरीको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भीम वलीले जानकारी दिए। मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको छ । – रासस

प्रतिक्रिया दिनुहोस्