दसैंमा भाडा नबढ्ने (भाडादर सूचीसहित)



काठमाडौं : नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरेर आज (आइतबार)देखि टिकट बुकिङ खुला भएको छ ।

टिकट काउन्टरमा पुगेर र अनलाइनमार्फत पनि टिकट बुकिङ गर्न सकिन्छ ।

अनलाइनमार्फत टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ । काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ । तर कतिपय गाडीवालाले निर्धारितभन्दा धेरै भाडा लिएको यात्रुको गुनासो सुनिन्छ ।

यस वर्ष चाडपर्व अगाडि भाडा नबढ्ने सरकार र व्यवसायीले स्पष्ट पारिसकेका छन् । त्यसैले दशैँमा घर जाँदा यसअघिकै भाडादरमा यात्रा गर्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्