मधेशका मुद्दा स्मरण गराउँदै खबरदारी सभा



काठमाडौं : मधेश आन्दोलनका बेला उठेका मुद्दा तथा मागहरु र मधेशी दलले सरकारसँग गरेका सम्झौताहरुको स्मरण गराउँदै मधेशी पत्रकार समाजले हिजो (शनिबार) काठमाडौंको माइतीघरमा खबरदारी सभा गरेको छ ।

समाजले मधेश आन्दोलनमा जनताले उठाएका मुद्दा र मागहरु अहिलेसम्म सम्बोधन नभएको अवस्थामा ती कुराहरुको सम्बोधनका लागि दवाव दिने उद्देश्यले मधेशी दलहरु तथा मधेशी नागरिक समुदायलाई झक्झकाउनका निम्ती यो खबरदारी सभा गरेको समाजका अध्यक्ष मोहन सिंह बताउँछन् ।

विगतमा मधेशी जनतालाई सिढी बनाएर सत्तामा लिप्त भएका मधेश केन्द्रीत राजनीति दललाई आफूले गरेको मधेश आन्दोलन र सरकारसँगको सम्झौताबाट मधेशी जनताले के पाएत ? यसको जवाफ जनताहरुले खोजी रहेको परिपेक्षमा समाजले यही कुरालाई उजागर गर्दै खबरदारी सभा गरेको हो । सभामा मधेश केन्द्री विद्यार्थी, राजनीतिक दल, मधेशी पत्रकारहरुको उपस्थिति थियो ।

उनीहरुले मधेशी जनताको अधिकार सुनिश्चित गर्न र मधेश आन्दोलनका क्रममा सरकारसँग भएका माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्