जनकपुरमा विवाहपञ्चमीकाे तयारी सुरु, प्रदेश सरकारद्वारा ३० लाख दिने प्रतिबद्धता



 

रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारीस्वरुप दुई महिनाअघि नै जानकी मन्दिरले विभिन्नपक्षसँग विमर्श सुरु गरेको छ । 

प्रदेश २ सरकारले विवाहपञ्चमीको तयारीस्वरुप मन्दिर समितिलाई ३० लाख रुपैयाँ दिने पनि निर्णय गरेको छ । 

 

जानकी मन्दिरको प्रांगणमा बसेको बैठकले प्रत्येक वर्षझैं यस वर्ष पनि सप्ताहव्यापी रुपमा भव्यता साथ विवाह पञ्चमी मनाउनेबारे निर्णय गरेको जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले स्पस्ट पारेका छन् ।

 

आउँदो मंसिर २० गते देखि २८ गतेसम्म मन्दिरमा विभिन्न कार्यक्रम आयोजना गÞरी महोत्सव सफल बनाउन स्थानीय र प्रदेश सरकारका सरोकारवालबीच उक्त बैठक भएको हो । 

हिजो सम्पन्न बैठकमा सात दिवसीय विवाहपञ्चमी मनाउन सामाजिक विकाश मन्त्री नवलकिशोर साहले प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयको तर्फबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

‘रामजानकी विवाहोत्सवलाई भव्यता दिन कुनै कसर बाँकी राख्दिनँ ।’ मन्त्री साहले बताए । सातदिने कार्यक्रमलाई भव्यता दिन प्रदेश २ सरकारले भरपूर समनव्य गर्ने पनि उनले बताए ।

 

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुर  विवाहपञ्चमीको तयारीस्वरुप जनकपुरको मुख्य सड़क, नाला र बाटो निर्माणमा विशेष ध्यान दिएको स्पष्ट पारे । 

 

विभिन्न उपसमिति बनाएर विवाह महोत्सव कार्यक्रमलाई सफल बनाउन आफू सक्रिय रहेको मेयर साहले बताए । प्रदेश २ प्रदेसभा सभासद् परमेस्वर साहले विवाहपञ्चमी व्यवस्थित गर्न र भव्य बनाउन पहिलेदेखि नै तयारी थाल्नुपर्नेमा विशेष जोड दिए । 

 

कार्यक्रममा स्थानीय प्रशासनका प्रमुखहरुको उपस्थित न भएको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए । विवाहपञ्चमीमा आवास, भोजन, खानेपानी, सुलभ शौचालयलगायत समूचित व्यवस्था हुनुपर्ने नेताहरुले सुझाएका थिए । 

 

जानकी मन्दिरमा भएको छफलमा सहभागीहरुले विवाहपञ्चमीको तयारीस्वरुप मन्दिरका प्रमुख मार्ग मर्मत हुनुपर्ने र सुझाव नगरपालिकालाई दिएका थिए । सात दिनको कार्यक्रममा पर्यटकलाई बढ़ीभन्दा बढ़ी सुविधा कसरी दिन सकिन्छ त्यसतर्फ पनि ध्यान दिनुपर्ने राजपा नेपालका नेता सदाशिव मिश्रले बताए । 

 

त्यसैगरी शान्ति सुरक्षाको सवालमा पनि स्थानीय प्रहरीले चुस्त काम गर्नुपर्नेमा सहभागीहरुले सुझाव दिएका थिए । अर्का सहभागी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले विवाहपञ्चमीको रामजानकी विवाहलाई विशेष हबको रुपमा स्थायी विवाह स्थल बनाउनुपर्नेमा जोड दिए । 

राजपा नेपालका नेपालका नेता सञ्जय सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विवाहपञ्चमीमा आगमन भए मन्दिर व्यवस्थापनमा भरपूर लाग्नुपर्ने बताए । उनले मन्दिरलगायत त्यस वरपरको क्षेत्रमा घुम्ती शौचालयको व्यवस्था गर्नुपर्ने सुझाए । 

साथै जिल्ला प्रहरी कार्यालय धनुषाका  डीएसपी दिपेन्द्र शाहीले त्यसबखत सम्पूर्ण शान्ति सुरक्षाप्रति प्रतिबद्ध रहने बताए । 

बैठकमा वरिष्ठ सञ्चारकर्मी बृजकुमार यादव, प्रदेशसभा सदश्य  कौशल यादव, नेत्री सुरिता जिस अध्यक्ष रामदेव यादव, उपसभापति दीपक झा, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधि, सशस्त्र प्रहरीका प्रतिनिधि, ट्राफिक धनुषाका प्रमुख दीपक साहलगायत स्थानीय युवा क्लब र समाजका विभिन्न अंगको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्